मनहरीमा सञ्चारकर्मी र संस्था प्रतिनिधिबिच अन्तरक्रिया

९ बैशाख २०७६, सोमबार २०:०५
Manahari Antarkriya-Murchunga TV 2

मकवानपुर, ९ बैशाख । पश्चिम मकवानपुरको मनहरीमा रही विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मी तथा बालसंरक्षणमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुबिच मनहरीमा बाल संरक्षण सम्बन्धी अन्तरक्रिया भएको छ । सिविन बाल हेल्पलाईन हेटौँडाको आयोजनामा भएको अन्तरक्रियामा बालबालिकालाई सहि शिक्षा दिनका लागि घरकै वातावरण बालमैत्री हुनु पर्नेमा जोड दिइएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिए ।

बालबालिकाहरको संरक्षण तथा बालबालिकहरुले सकरात्मक कुरा सिक्नका लागि सबैभन्दा पहिला घरकै वातावरण परिवर्तन हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । अभिभावकहरु अशिक्षित भएको तथा कमजोर आर्थिक अवस्थाका कारण प्रत्यक्ष रुपमा बालबालिका प्रंभावित भइरहेको सहभागीहरुले बताए । अभिभावकहरु मदिरा तथा जुवा तासमा केन्द्रित हुँदा बालबालिकाले विभिन्न हिँसाहरु खेप्नुपरेको सहभागीहरुले बताए । पारिवारिक समस्याका कारण बालविवाह, विद्यालय जान छाड्ने तथा बालश्रम जस्ता समस्या बढेको उनीहरुको ठहर छ ।

कार्यक्रममा पत्रकार शिवकुमार काशी रिजालले बाल संवेदनशिलता र आम सञ्चार बिषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै शिविन बाल हेल्पलाइन मकवानपुरका झबिन्द्र ज्ञवालीले बालबालिकालाई विभिन्न हिंसाबाट मुक्त गर्न सञ्चारकर्मीको ठूलो भूमिका हुने बताएका थिए ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*