मकवानपुरे करप रुम्बाको पहिलो गीत यस्तो बन्यो

९ बैशाख २०७६, सोमबार १८:०७
Karap Rumba-Murchunga TV 1

मकवानपुर, ९ बैशाख । मकवानपुरका उदयीमान नव गायक करप रुम्बाको नयाँ सेलो गीत तयार भएको छ । गीत तयार भएसँगै उनको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

अडियो भर्सन मात्र सार्वजनिक गरेका रुम्बाले तत्कालै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भने गरेका छैनन् । उनी केही समयअघि सम्पन्न हेटौँडा आईडलमा समेत स्टेज राउण्डसम्म पुगेका थिए । नेपाल आईडल गायन प्रतियोगिताको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका उनको यो पहिलो प्रयास भएको भन्दै सुनेर कमेन्ट गरिदिनका लागि उनले आग्रह गरेका छन् ।

मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका हुन् । गीतमा कर्साङ लामाको एरेञ्ज रहेको छ । सुनौँ उनको गीत–

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*