हेटौँडाका १ सहित ३ जना पक्राउ

८ बैशाख २०७६, आईतवार १०:२८
Gaja Nitrovate Pakrau-Murchunga TV

मकवानपुर, ८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले हेटौँडाका १ जना सहित ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले बाराको प्रशौनी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २२ को पप्पु राय भर, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने बर्ष २६ को रुपक राई र भारतको बिहार अवस्थित बैशाली जिल्लाको हसिकैवल ग्राम वडा नम्बर ५ बस्ने वर्ष ३२ को अमरजित सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये बाराका पप्पुलाई ८ केजी गाँजा सहित पक्राउ गरिएको हो । बैशाख १ गते मध्यान्ह १२ बजेर ३० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले हेटौँडा १५ रातोमाटेमा हेटौँडाबाट बिरगञ्ंजतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्ने क्रममा क्रममा सोही बसमा सवार पप्पुलाई नियन्त्रणमा लिइएको हो । शंकाका आधारमा झोला खानतलासी गर्दा उनको झोलाभित्र चारपाटे २ वटा पोकामा लागू औषध गाँजा ८ केजी फेला परेको थियो । उनीमाथि छानबिन भइरहेको र उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र रु. ५ हजार देखि २५ हजार सम्म जरिवाना हुनसक्ने प्रहरीले बताएको छ ।

त्यस्तै कमानेका रुपकलाई लागूऔषध नाईट्रोभेट ६० ट्याबलेट सहित पक्राउ गरिएको हो । उनलाई हेटौँडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको हो । बैशाख २ गते राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले रातोमाटेमा बिरगञ्जबाट हेटौँडातर्फ आउँदै गरको ना १ ज १७३९ नम्बरको यात्रुबाहक माईक्रो बसलाई जाँच गर्ने क्रममा सोही माईक्रोमा सवार रुपकलाई शंकाको आधारमा खानतलासी गर्दा उनको साथबाट नाईट्रोभेट १० लेखेको ४ पत्तामा ६० ट्याबलेट लागुऔँषध फेला परेको थियो । उनीमाथि पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

प्रहरीले भारतीय नागरिक अमरजितलाई गाँजा ४८ किलो ८ सय ग्राम र कारसहित नियन्त्रणमा लिएको हो । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको हो । बैशाख ६ गते दिउँसो २ बजेको समयमा सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले तिनताप्केमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकी जाँच गर्दा कार चालक अमरजितलाई नियन्त्रणमा लिइएको हो । उक्त कारको सिटमुनी फल्स बटम बनाई ८ वटा पोकामा जम्मा ४८ किलो ८ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो । उनीमाथि पनि थप अनुसन्धान भईरहेको छ । उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवाना हुने र कार समेत जफत हुने प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*