
पानीघट्टले लियो मकवानपुरकी सुस्मिता थिङको ज्यान

मकवानपुर, ५ बैशाख । मकवानपुरको कैलाश गाउँपालिकामा रहेको एक घट्टको डुँढमा परेर ७ वर्षीया बालिकाको मृत्यू भएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर १ र २ को सिमानामा रहेको छ्याङ्दुङ खोलामा रहेको पानी घट्टको डुँढमा परेर मामाघर बस्दै आएकीसुस्मिता थिङको मृत्यु भएको हो ।
घट्टको डुँढमा परेर घाइते भएकी थिङलाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङ घर भएकी बालिका कैलाश गाउँपालिका १ स्थित मामाघरमा बस्दै आएकी थिइन् । हजुरबुवासँग घट्टमा जानेक्रममा उनी डुँढमा परेकी थिईन् । उनको शवलाई बुधबार प्रहरीको सहयोगमा पोस्टमार्टमको लागि हेटौँडा ल्याइएको थियो ।