पदमपोखरीमा १२ नम्बर वडा कार्यालयद्वारा विजयी भलिबल टिमलाई सम्मान

५ बैशाख २०७६, बिहीबार १९:१९

हेटौँडा, ५ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ । लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

प्रतियोगितामा विजयी टिमका टिम म्यानेजर तथा हेटौँडा १२ खेलकुद विकास समितिका पूर्ण लामा र टिम कोच मनोज लामा स्याङ्तानलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । त्यस्तै खेलाडीहरु उमाकान्त चौधरी, बुद्धिकृष्ण दङ्गाल, अजय थिङ, उमेश सिंतान, दिनेश मोक्तान, सन्तोष बिक, निरण सापकोटा, अमृत मिश्र, पुष्प मैनाली र राजेश घिमिरेलाई पनि सम्मान गरिएको छ ।

हेटौँडा १२ खेलकुद विकास समिति संयोजक भुवन खनालको सभाध्यक्षता तथा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशेष अतिथि भलिबलका राष्ट्रिय प्रशिक्षक तथा कोच विजयकृष्ण वादे, वडा सदस्य लिलाकुमारी बिक, टिम म्यानेजर पूर्ण लामा, टिम कोच मनोज लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।

 

गत चैत्र २३ गते भएको फाईनल खेलमा हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समिति पदमपोखरीले जित हात पारेको थियो । हेटौंडा–४ स्थित हुप्रचौरमा भएको फाइनल भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई हराउँदै पदमपोखरीले उपाधि कब्जा गरेको हो । २५–२०, २५–१७, १७–२५, २१–२५ र १५–१३ को सेटमा पदमपोखरी विजयी भएको थियो । विजयी भएको पदमपोखरीले नगद ५० हजार पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपोखरीका अजय थिङ र उत्कृष्ट सेटर पदमपोखरीका उमाकान्त चौधरी भएका थिए । प्रतियोगितामा मकवानपुरका ११ टिमको सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*