हेटौँडा अस्पतालमा फेरि मोबाईल चोरी, मकवानपुरे सञ्चारकर्मीको मोबाईल अझै गायब

५ बैशाख २०७६, बिहीबार ०८:५२
Mobile Chor-Murchunga TV

मकवानपुर, ५ बैशाख । मकवानपुरको हेटौँडा अस्पतालमा बिरामी तथा बिरामी कुरुवाको मोबाईल र नगद चोरी हुने क्रम बढेको छ । पछिल्लो पटक हेटौँडा अस्पतालमा रहेको इमेरजेन्सी सेवा अन्र्तगत बेड नंबर १५१ तथा १५२ मा रहेका बिरामीको चार थान मोवाईल तथा नगद १० हजार चोरी भएको खबरब्रेक डटकममा समाचार छ । गएराती वेड नंबर १५१ मा रहेकी विमला सापकोटाको दुई वटा एम आई मोवाईल तथा १० हजार नगद तथा १५२ नंबरको बेडमा रहेका पर्वतका गिरिजा पौडेलको र उनको साथीको दुईवटा मोवाईल चोरी भएको हो । मोवाईल चोरी भएपछि अस्पताल प्रशासन तथा प्रहरीलाई खबर गरिसकिएको छ ।

यद्यपि हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल हराएको यो पहिलो घटना भने होईन । मकवानपुरका अनलाईन माध्यमसम्म खबर नपुगेता पनि हेटौँडा अस्पतालमा हुने यस्ता घटनाका कारण बिरामी र बिरामी कुरुवाहरु आजित समेत भएका छन् । गत वर्षको जेठ महिनाको ६ गते हेटौँडा अस्पतालबाट मकवानपुरे सञ्चारकर्मी दिलबहादुर लामाको पनि मोबाईल वार्डबाटै चोरी भयो । बुवा बिरामी भएपछि वार्डमा कुरुवा बसेका उनी बिहानीपख एकैछिन् निदाएकै बेला उनको मोबाईल चोरी भयो । चार्जमा राखेको मोबाईल चोरी भएपछि उनी मोबाईलको आइएमआई नम्बर सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सूचना समेत दिन गए । तर आज एक वर्ष हुँदा सम्म उनको मोबाईलको अत्तोपत्तो छैन ।

त्यस समयमा उनले आफैले पनि मोबाईल खोज्ने प्रयास गरे । मोबाईल बिरगञ्ज क्षेत्रबाट बोर्डर पास हुने तरखरमा रहेको पनि उनले थाहा पाए । तर चोरको सञ्जाल कस्तो छ ? उनलाई थाहा थिएन । आफै गएर मोबाईल खोज्दा ज्यानको समेत जोखिम हुने देखिएपछि उनले बिरगञ्ज क्षेत्रमा आफ्नो मोबाईल पुगेको कुरा प्रहरीलाई खबर गरे । प्रहरीले प्रक्रिया चाल्ने समेत आस्वाशन दिए । लामाका अनुसार मोबाईल चोर्ने गिरोह नै सक्रिय छ । उनीहरुले अस्पताललाई समेत टार्गेट गर्ने गरेको शंका उनले गरेका छन् । साथै हेटौँडामा चोरिएका मोबाईलहरु बिरगञ्ज हुँदै बोर्डर पारी पुग्ने आशंका पनि उनले गरेका छन् । हेटौँडा अस्पतालमा सो समयमा एउटा सिसिटिभी क्यामेरा भएको तर त्यो पनि चालु अवस्थामा नरहेको कारण सारै समस्या भएको उनी सम्झन्छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*