हेटौँडामा बमको त्रास, कहाँ कहाँ भेटियो शंकास्पद बम ?

५ बैशाख २०७६, बिहीबार ०८:२८
Pressure Cooker Bomb-Murchunga TV

मकवानपुर, ५ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द आह्वाका दिन आज मकवानपुरका विभिन्न स्थानमा बमको त्रास फैलिएको छ । केही स्थानमा सवारीमाथि आगजनि समेत भएको छ । यसैबिच हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रेसरकुकर बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ ।

तार बाहिर निकालेर राखिएको अवस्थामा प्रेसरकुकर भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । यस अघि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ वडा कार्यालयको अगाडि भेटिएको प्रेसरकुकरलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । वडा कार्यालयको गेटमा प्रेसर कुकरमा बम लेखिएर छाडिएको पाइएपछि उक्त स्थानमा केहिबेर त्रास समेत छाएको थियो । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेर फर्केपछि भने त्रास साम्य भएको छ ।

मकवानपुरमा नै दुई वटा सवारीमाथि आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गएराति कुखुरा बोक्ने बोलेरो र बिहान भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने आइचरमा आगजनी भएको हो । प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नंबरको कुखुरा बोक्ने बोलेरो गाडीमाथि ३ जनाको अज्ञात समूहले आगजनी गरेका हुन् । बोलेरोको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको बताइएको छ । त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा बिहिबार राति १२ बजेर २० मिनेटको समयमा पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नंबरको तरकारी लोड गरेको मिनी आइचरमा तोडफोड र आगजनी भएको छ । आइचरमा अज्ञात समुहले आगजनी गरेको जनाइएको छ । आइचरको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*