चर्चित तामाङ कलाकार र गायक–गायिकाहरु डम्फु साँझको लागि दुबई जाँदै

४ बैशाख २०७६, बुधबार १८:५५

हेटौँडा, ४ बैशाख । दुबईमा हुन लागेको ‘डम्फु साँझ’ मा सहभागी हुनका लागि नेपालका चर्चित तामाङ कलाकार तथा गायक–गायिकाहरु आज राति दुबईतर्फ प्रस्थान गर्दैछन् । ‘हाम्रो डम्फु हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नाराका साथमा हुन लागेको ऐतिहासिक पहिलो डम्फु साँझ २०१९ मा सहभागी हुन उनीहरु आज राति १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

डम्फु साँझमा सहभागी हुन चर्चित गायक तथा संगीतकार विश्व दोङ, संगितकार तथा गायक फुलकुमार बम्जन, नायक अमिर दोङ, चर्चित गायिका ईन्दिरा गोले गुरुङ, जितु लोप्चन, म्हेन्दो माया गायक सुमन घले सहित चर्चित नायिकाहरु सुनिता लुङ्वा, सुष्मा मोक्तान र उद्घोषिका स्मारिका थिङ युएई तर्फ प्रस्थान गर्ने भएका हुन् ।

अप्रिल १९ शुक्रबार देरा दुबईको काल्र्टन टावरमा डम्फु साँझ हुने बताइएको छ । डम्फु साँझमा अतिथि कलाकारहरुका साथमा बृहत साँस्कृतिक कार्यक्रम हुनेछ । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले समेत युएईतर्फ प्रस्थान गर्न लागेका कलाकार तथा चलचित्रकर्मीको टोलीलाई सफलताको शुभकामना समेत दिएका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*