यसरी भयो मिस नेपालको उत्कृष्ट २५ को फोटोसुट

४ बैशाख २०७६, बुधबार ०९:२०
Featured Video Play Icon

हेटौँडा, ४ बैशाख । मिस नेपालको २५ वर्षीय यात्रामा यतिखेर नेपालका विभिन्न स्थानहरुबाट सहभागी भई छनौट भएका २५ जना सुन्दरीहरु प्रतिस्पर्धामा छन् । वि.सं. २०५१ अर्थात सन् १९९४ बाट सुरु भएको यो प्रतियोगिता अहिले पनि जारी छ । सन् २००१ र २००६ मा भने मिस नेपाल प्रतियोगिता आयोजना हुन सकेको थिएन । गत मार्च २४ गते काठमाडौँमा भएको अडिसनबाट उत्कृष्ट २६ प्रतियोगीहरु छनौट भएता पनि १ प्रतियोगीले मिस नेपालको यात्रा छोडेपछि अहिले २५ जना प्रतियोगीहरु प्रतिस्पर्धामा जुटेका छन् । उत्कृष्ट २५ मा परेकाहरुको लागि विभिन्न कक्षाहरु सञ्चालन भईरहेको छ । त्यस्तै केही दिन अघिमात्र उनीहरुको फोटोसुट समेत गरिएको आयोजकले जानकारी सहित भिडियो समेत अपलोड गरिसकेको छ । क्रियटिभ स्टुडियोमा भएको फोटोसुटमा उत्कृष्ट २५ प्रतिस्पर्धीहरु सहभागी थिए । उनीहरुको करिब ५ वटा भन्दा बढी फरक गेटअपका फोटोसुटहरु गरिएका छन् भने उनीहरुको प्रोफाईलबेस सर्ट भिडियो समेत छायाँकन गरिएको छ । हेरौँ भिडियो रिपोर्ट-

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी निकिता कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् । उत्कृष्ट २६ मा परेकी पुनम पन्तले आफ्नो जागिरका कारण मिस नेपालको यात्रा छोडेपछि उत्कृष्ट २५ प्रतिस्पर्धीहरु मात्रै अहिले विभिन्न तालिमहरुमा सहभागी भईरहेका छन् ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया सल्लाह सुझाव कमेन्टमा लेख्न नभुल्नुहोला । उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*