
पिडादायी नयाँ वर्षको रात : मकवानपुरका बोम्जनसहित ३ जनाको गयो ज्यान

मकवानपर, २ बैशाख । नयाँ वर्ष २०७६ सालको सुरुवातसँगै मकवानपुरमा दुःखद घटना घटेको छ । नयाँ वर्षकै दिनमा मकवानपुरका ३ स्थानमा भएको फरक–फरक सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन् । मकवानपुरको कान्तिलोकपथ अन्र्तगत मकवानपुरगढी गाउँपालिकाको शिखर कटेरीमा रोकिराखेको टिपरमा ठोक्किएर मोटरसाईकल चालकको मृत्यू भएको छ । ना ८ ख ४३२६ नम्बरको टिपरसंग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मकवानपुरगढी गाउँपालिका धरमपानीका अन्दाजी ३५ वर्षीय गोविन्द बोम्जनको मुत्यु भएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउँपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले अन्दाजी ६५ बर्षीय एक बृद्ध पैदलयात्रीलाई ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मनहरी गाउँपालिकाकै खरङ्गामा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ बर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु भएको छ । सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो