‘आप्लेङला नाम्सा’ बन्यो उत्कृष्ट तामाङ चलचित्र, नगद सहित सम्मान

२ बैशाख २०७६, सोमबार ०८:२१
Tamanag Chalachitra Mahotsav Kabhre-Murchunga TV 2

चन्द्र घलान/काभ्रे, २ बैशाख । तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

आईतबार भएको समापन कार्यक्रममा चलचित्रका निर्देशक अजय स्याङ्तानले नगद पुरस्कार सहित सम्मान पत्र ग्रहण गरेको ताम्सालिङ खबर डटकमका सम्पादक दिलबहादुर लामाले जानकारी दिए । आप्लेङला नाम्साको कथामा सरलता र प्रस्तुति निकै नै राम्रो भएको भन्दै उत्कृष्ट चलचत्रिका रुपमा घोषणा गरिएको सञ्चारकर्मी राजु लो तामाङले जानकारी दिए । चलचित्रका हरेक पात्रहरुले जीवन्त अभिनय गरेको र तामाङ चलचित्रमा हुनुपर्ने हरेक प्रयोग र विधिहरु समेत यसमा समावेश भएकोले चलचित्र उत्कृष्ट बन्न सफल भएको लामाले जानकारी दिए । तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) तामाङ परम्परा र रितिथितीमा आधारित छ । परम्परातर्फको यात्राका रुपमा ब्याख्या गरिएको चलचित्रलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् ।

छेम्बेल ह्योल्मोको निर्माणमा बनेको चलचित्रको कथा लेखन दोर्जे तामाङले गरेका छन् । चन्द्र कुमार दोङको संगितमा तयार भएका गीतहरुमा शशिकला मोक्तान, निर्मला घिसिङ, मिन कुमार दोङ र चन्द्रकुमार दोङको आवाज सुन्न सकिन्छ । राजु किराँतीको द्वन्द निर्देशन रहेको चलचित्रमा चक्र महर्जनको छायाँकन रहेको छ । चलचित्रको चु नाम्सा, मायाला धिमनाम सोगे, ताम्बासे ताम्सुर आरब्साम लगायतका गीतहरु चर्चामा छन् । चलचित्रमा प्रेम तामाङ, छेम्बेल ह्याल्मो, बुईसाल लामा, कान्छीमाया ह्योल्मो, बद्रि थिङ, सञ्जु केसी, प्रेम ग्याल्बो ह्योल्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु गरी ५ चलचित्रहरु प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन दुई चलचत्रिहरु प्रदर्शनसँगै ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै दोस्रो दिन पनि चलचित्रलाई प्रदर्शन गरिनुका साथै सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन गरिएको थियो । तेस्रो दिन पनि तामाङ चलचित्र प्रदर्शनका साथै समापन गरिएको आयोजक तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिए ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव भएको हो । समापन कार्यक्रममा तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिएका र्थि भने तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत राखिएको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*