
गायक तथा चित्रकार आमिर भोम्जनको परिचयात्मक अभियान सञ्चालन गरिने

मकवानपुर, १ बैशाख । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ का फरक क्षमता भएका गायक तथा चित्रकार आमिर भोम्जनको परिचयात्मक अभियान २०७६ सञ्चालन गरिने भएको छ । उत्तरी मकवानपुरमा स्थापित भई कला क्षेत्रमा सक्रिय थाहा कला केन्द्रले आईतबार आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गर्दै अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । अभियान अन्तर्गत विभिन्न प्रतिभाले अब्बल ठहरिँदै आएका आमिरको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै परिचित बनाउने लक्ष्य राखिएको केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए ।
आमिरले आफ्नो दैनिक कार्यहरु समेत सबै मुखैको सहायताले सञ्चालन गर्ने गरेको उनले जानकारी दिए । आमिरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चिनाउन विभिन्न माध्यमहरुको प्रयोग गरी विविध कार्यक्रम गर्ने मोक्तानले बताए । सोही अभियान अन्तर्गत विद्यार्थीहरुले नियमित प्रयोग गर्ने अभ्यास पुस्तिकामा आमिर भोम्जनका प्रेरणादायी तस्विरहरु समाविष्ट गरी प्रकाशन गर्ने र त्यसलाई समाजिकीकरण गर्दै सम्पूर्ण विद्यार्थीहरुको हात हातमा पु¥याउने लक्ष्य समेत राखिएको छ । साथै वर्षको एक पटक आमिर भोम्जन साँझ कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।
वि.सं. २०७२ जेठ ९ गतेदेखि औपचारिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको कला केन्द्रले आईतबार थाहा नगरमा अवस्थित रेडियो आवाजको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी वार्षिक कार्यक्रम घोषणा गरेको हो । वार्षिक कार्यक्रम अन्तर्गत ७ वटा सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु समावेश रहेको छ । जस अन्तर्गत यही बैशाख १६ गते विश्व नृत्य दिवसको अवसरमा अन्तर कला केन्द्र स्तरीय सामुहिक नृत्य प्रतियोगिता, पाँचौ वार्षिक उत्सवका अवसरमा जेठ ९ गते केन्द्रका सम्पूर्ण सदस्यहरुबिच भेटघाट तथा प्रतिभा प्रस्तुत कार्यक्रम, भदौ १६ गते मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, भदौ २९ गते विश्व बाल दिवसको दिन ‘बालश्रम विषयक’ अन्तरक्रिया कार्यक्रम, असोज २० गते बृहत सांस्कृतिक कार्यक्रम, फागुन २ गते सदस्यहरुबिच प्रेम साटासाट कार्यक्रम तथा चैत्र महिनामासाहित्यिक वाचन तथा सम्मान कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा पालुङ जेसिजका अध्यक्ष कुमार नेगी, नेपाल रेडक्रस सोसाईटी दामनका सभापति राजकुमार केसी, गायक तथा रचनाकार विवेक पाख्रिन, गायक मुक्तिनाथ उप्रेती, साहित्यकार राम बर्तौला आँशु, विर्खे अन्जान, हेटौँडा आईडल दिपक कालिराज, दामन एफएमका मुकेश गोले , मनोज तितुङ, सुनौलो विहानी युवा क्लवका अध्यक्ष शर्मिला स्याङ्तान तथा अभियानका मुख्य पात्र आमिर भोम्जनको उपस्थिति रहेको थियो । कार्यक्रममा नाङ्साल मिडिया प्रालिद्वारा सञ्चालित इसरोकार टिभि युट्युब च्यानलको वार्षिक उत्सवका अवसरमा केक समेत काटिएको थियो ।
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो