‘तामाङ चलचित्रको गुणात्मक र बजार प्रवर्द्धनमा लागेका छौँ’– अध्यक्ष बिकु थोकर

३० चैत्र २०७५, शनिबार १२:५०
Tamang Chalachitra Mahotsav-Murchunga TV 10

काभ्रे, ३० चैत । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङ चलचित्र संघ तामाङ चलचित्रको गुणात्मक पाटो बिलियो बनाउन र तामाङ चलचित्रको बजार प्रवर्द्धनमा जुटेको बताएका छन् । शुक्रबारदेखि काभ्रेको रोशी गाउँपालिका अन्तर्गत भकुण्डेबेसीमा सुरु भएको ३ दिने तामाङ चलचित्र महोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तामाङ चलचित्रले तामाङ सँस्कृतिका विभिन्न पाटोहरु पर्दामा पस्किँदै आएको र त्यसको गुणात्मकता वृद्धिमा आफुहरु लागिपरेको बताएका हुन् ।

‘तामाङ चलचित्र संघ तामाङ चलचित्रकर्मीको पेसागत हक हितका लागि संघर्षकै क्रममा छ,’ उनले भने–‘ तामाङ चलचित्रकर्मीले आफ्नो समुदायको कला सँस्कृतिका कुरा उठाउँदै आएको छ, अब गुणात्मक पाटोमा बलियो बनाउन र बजार प्रवद्र्धनका लागि पनि तामाङ चलचित्र संघ उत्तिकै तल्लिन छ ।’ शुक्रबार साँझ भएको ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रियामा चलचित्रकर्मी, सञ्चारकर्मी, तामाङ समुदायका प्रतिनिधि तथा दर्शकहरुको समेत सहभागिता रहेको थियो । अन्तरक्रियामा तामाङ चलचित्र संघका प्रमुख सल्लाहकार एवम् पूर्व अध्यक्ष जेनिश दोङले महोत्सवहरु चलचित्र देखाउने र अवार्ड बाँड्ने कार्यमा अल्झन नहुने बताए । विगतको समिक्षा गर्दै नयाँ बाटो तय पार्ने प्लेटफर्मका रुपमा महोत्सवहरु आयोजना हुनुपर्ने उनले बताए ।

कार्यक्रममा बरिष्ठ रंग पत्रकार एवम् चलचित्रकर्मी दिपेन्द्र दोङले तामाङ चलचित्रको ईतिहास लामो नभएको र सोचेजति उपलब्धी हासिल समेत गर्न नसकेको बताए । उनले संगीतकार गोपाल योञ्जनलाई सम्झँदै योञ्जनले नै पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माणमा नेपथ्यमा रहेर ठूलो भूमिका खेलेको बताए । उनले मयुङ बुररिङ, डाङ, मोलम लगायतका आधा दर्जन चलचित्र निर्माण भएपछि तामाङ चलचित्र निर्माण झनै सुस्ताएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् चलचित्रकर्मी तथा रोशी गाउँपालिकाका प्रमुख डिवी लामाले स्थानिय सरकार तामाङ सँस्कृति प्रवद्र्धनका सवालमा निकै उदार रहेको दाबी गरे । साथै गाउँपालिका सधैँ सँस्कृति प्रवद्र्धनको लागि सहकार्य गर्न तयार रहेको बताए ।

तामाङ चलचित्र संघका पूर्व अध्यक्ष प्रकाश ब्लोन सहित अन्य सहभागीहरुले तामाङ समुदायभित्रको विविधता स्वीकार्ने अवस्था बनाउनुपर्ने, पेसागत रुपमा कलकारहरुको सम्मान हुने परिपाटी बसाउनुपर्ने र चलचित्रकर्मी तथा तामाङ सञ्चारकर्मीबिच प्रभावकारी सञ्चार सहकार्य बढाउनुपर्ने बताए । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव सुरु भएको हो । महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिँदै छ । प्रदर्शनका लागि छनौट भएका ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिईरहेका छन् । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहेको छ ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*