फापरबारीको राम नवमी मेलामा विश्व दोङ र वर्षा थिङ

मकवानपुर, ३० चैत । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ६ फापरबारीमा चैत्र २९ गतेदेखि सुरु भएको ३ दिने राम नवमी मेलामा चर्चित कलाकारहरुले प्रस्तुति दिँदैछन् । मेलामा शनिबार दिउँसो चर्चित गायक विश्व दोङ र चर्चित मोडल वर्षा थिङले प्रस्तुति दिँदैछन् ।
बैशाख १ गतेसम्म चल्ने मेलामा विश्व र वर्षासहित गायक तथा मोडल सोयल लामा, बकैया आईडल २०७४ का विजेता आश्राम थिङ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ । मेलामाका आकर्षणहरुका रुपमा स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनी, मनोरञ्जनात्मक खेलहरु र बाग्मतीको माछा रहेका छन् । मेला न्यू फापरबारी युथ क्लबले आयोजना गरेको हो ।
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो