विरमाया दोङ कृषक समूह भोर्लेको अध्यक्षमा चयन

हेटौँडा, ३० चैत । विरमाया दोङ अध्यक्ष रहने गरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा ७ सदस्यीय आधुनिक कृषक समूह गठन भएको छ । टोल सुधार अभियान हेटौँडा १५ भोर्लेका संयोजक आइतसिङ लामाको अध्यक्षता तथा महासचिव कुमार रुम्बाको सहजीकरणमा ७ सदस्यीयसमुह गठन गरिएको हो ।
समुहको उपाध्यक्षमा ज्योतिमाया तामाङ, सचिवमा नानुमाया दोङ , कोषाध्यक्षमा रिमनी लामा तथा सदस्यहरुमा राधा भुजेल, सोममाया स्याङ्बो र बिमला घलान चयन भएका हुन् । भोर्लेमा नगर कार्यपालिकाको कृषि–पशु शाखा अन्तर्गत वडा कार्यालयसँगको समन्वय एवम् टोल सुधार अभियान हेटौंडा १५ भोर्लेको व्यबस्थापन तथा सहजीकरणमा करिब ५० जना कृषकहरुको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
तस्बिर–कुमार रुम्बा तामाङको फेसबुकबाट
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो