‘दाल भात तरकारी’को ट्रेलरमा हाँसोदेखि पासोसम्म

२९ चैत्र २०७५, शुक्रबार १६:०७
Dal Bhat Tarkari-Murchunga TV

चन्द्र घलान/हेटौँडा, २९ चैत । चर्चित एवम् अग्रज कलाकार हरिवंश आचार्यको लेखनमा बनेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाल, भात र तरकारीको जोहो गर्ने सपनामा अमेरिका जाने सपना देखेका दम्पत्ति र युवाहरुको कथालाई स्थान दिइएको छ । सार्वजनिक ट्रेलर दर्शकलाई हाँस्न बाध्य त बनाउँछ नै त्यसका साथै विदेश जाने चक्करमा पासोमा समेत परिन्छ भन्ने कुरालाई स्पष्ट देखाईएको छ । यसअघि हेटौँडामा बिहीबार भएको पत्रकार सम्मेलनमा आचार्यले आफ्नो नयाँ चलचित्र ‘दाल भात तरकारी’ मा धेरै सन्देश थोपर्ने काम नगरेको बताएका थिए । दालभात तरकारीका लागि स्वदेशमै रोजगारी होस् भन्ने एउटै मात्र सन्देश भएको उनले बताएका थिए । चलचित्रको यो ट्रेलर हेर्दा पनि साँच्चै उनको भनाई जस्ताको तस्तै देखिएको छ । चलचित्रका हरेक पात्रहरु अमेरिका जाने चक्करबाटै जन्मिएका कथागत पात्रहरु हुन् ।

बैशाख २० गते विश्वभरि रिलिज गर्ने तयारी गरिएको चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यले नायिका निरुता सिंहसँग जोडी बाँधेका छन् । निरुता अमेरिका जाने चक्करमा हुन्छिन् । नायक पुष्प खड्का हरिवंश आचार्यको छोराका रुपमा देखिएका छन् भने नायिका आँचल शर्मा पुष्पको प्रेमिकाका रुपमा रहेको ट्रेलरमा देखिन्छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ुसमेत अहम रोल देखाईएको छ । कलाकार राजाराम पौडेल र शिवहरी दाहाललाई पनि रमाईलो तरिकाले प्रस्तुत गरिएको छ । नायिका वर्षा राउतको रोमान्टिक छवि तपाई चलचित्रको ट्रेलरमा देख्नसक्नुहुन्छ । वरिष्ठ कलाकार जयनन्द लामाको कमेडी झट्का ट्रेलरमा अटाएको छ । आँचलको एक्सन अवतार र प्रियंका कार्कीको हट लुक पनि ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, नरेन्द्र कंसाकार, बसुन्दधरा भुषाल, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामा, रोविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, यमन श्रेष्ठ, मोहित वंश आचार्य, डोल्मा लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सार्वजनिक भएको एक घण्टामै करिब ३० हजारले हेरेको यो चलचित्रको ट्रेलर युट्युब ट्रेण्डिङमा पर्ने देखिन्छ । चलचित्र निर्माणका लागि २ करोडभन्दा बढी लगानी भएको निर्माण पक्षले जानकारी दिएको छ । दाल भात तरकारीको भिजिट भिसामा बोलको गीत निकै नै चर्चामा छ । साथै यसको शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । मह सञ्चारको ब्यानरमा बनेको किरण केसीको ‘दाल भात तरकारी’ मा दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । किरण केसी, रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ लगायतका कलाकार तथा निर्माताहरुले चलचित्र निर्माण गरेका हुन् । हेर्नुहोस् ट्रेलर–

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*