नायिका श्वेता खड्काको ‘कान्छी’ युट्युबमा सार्वजनिक

२९ चैत्र २०७५, शुक्रबार १५:५८
Kanchhi-Murchunga TV

मकवानपुर, २९ चैत । अभिनेत्री श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । शुक्रबार बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा करिब १४ हजार दर्शकले एकै पटक चलचित्र हेरेका थिए ।

चर्चित नायक एवम् श्वेताका पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक श्वेताले अभिनय तथा निर्माण गरेको ‘कान्छी’ गत वर्षको फागुन ४ गते देशभर प्रदर्शन भएको थियो । चलचित्रमा अमर प्रेम र समर्पणको कथामा समावेश छ । प्रेमले भोग्ने विभिन्न बाधाहरु र प्रेममा हुने त्यागको विषयलाई चलचित्रले विशेष उठान गरेको छ ।

‘कान्छी’मा श्वेतासँगै दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, जयनन्द लामा लगायतको अभिनय रहेको छ । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । चलचित्रलाई यम थापाले लेखेका हुन् । हेरौँ चलचित्र-

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*