नायिका खुशी घिसिङको ‘नगरकोटे वन’ यस्तो बन्यो

२९ चैत्र २०७५, शुक्रबार १३:४४
Khushi Ghising-Murchunga TV

हेटौँडा, २९ चैत । चर्चित नायिका खुशी घिसिङको नयाँ म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । खुशी यस पटक नवराज लामिछानेको शब्द, संगीत तथा आवाजमा तयार भएको ‘नगरकोटे वन’ बोलको गीतको म्यूजिक भिडियोमा देखिएका हुन् । यस अघि चर्चित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मा अभिनय गरेसँगै चर्चामा आएकी खुशीका अन्य नेपाली म्यूजिक भिडियोहरु पनि सार्वजनिक भईसकेका छन् ।

नवराज लामिछानेकै सत्यकथामा आधारित रहेर तयार भएको गीतको म्युजिक भिडियोमा खुशीसँगै नायक अर्जुन खड्का र बाल कलाकार पृथ्वी सुनुवार र गायक लामिछानेले लगायतका कलाकारहरुले अभिनय गरेका छन् । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक एवम् निर्देशक हुत्त सञ्जय लामाको निर्देशन तथा रामेश्वर जिरेलको छायाँकनमा भिडियो तयार गरिएको हो । म्यूजिक भिडियोलाई विजयराजले सम्पादन गरेका छन् ।

खुशीको अभिनय रहेको चलचित्र सेमरिन मुला माया अहिले चर्चामा छ । काभ्रेको भकुण्डेबेसीमा आजदेखि सुरु भएको ३ दिने तेस्रो तामाङ चलचित्र महोत्सवमा समेत यो चलचित्रलाई पहिलो सोका रुपमा प्रदर्शन गरिएको छ । साथै उनको अभिनय रहेको म्यूजिक भिडियोहरु हिमालकी छोरी, सुन न मैच्याङ, तिम्रो सम्झनामा लगायतले पनि निकै प्रशंसा पाएका छन् । हेरौँ नगरकोटे वनको भिडियो–

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*