
मकवानपुरका थिङ भिमफेदी कारागार चलान

मकवानपुर, २९ चैत । वि.सं. २०७२ सालदेखि हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी मकवानपुरका मौसम थिङलाई भिमफेदी कारागार चलान गरिएको छ । मकवानपुरको साविक राक्सिराङ गाविस वडा नम्बर ८ का थिङलाई चैत्र २७ गते सजाय भुक्तानको लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वि.सं. २०७२ जेठ ६ गते राति साँढे ९ बजेको समयमा मकवानपुरको मनहरी ३ मा अवस्थित बिजय लामाको घरमा ल्याप्टप र मोबाईल चोरी भएको थियो । चोरीको खबर प्राप्त भएपछि प्रहरीले खोजतलासका क्रममा केही मानिसहरु भागेको देखेपछि पिछा गर्दा उनीहरुले बोकेको झोलामा कटुवा पेस्तोल १ थान, ३०३ राईफलको गोली ३ राउण्ड, एस एल आर को गोली १४ राउन्ड, लोड भएको गोली १ राउन्ड, खुकुरी १ थान र फलामको रड १ थान फेला परेको थियो ।
बर्ष २८ को मौसम थिङ फरार भएको र जिल्ला अदालत मकवानपुरको २०७२ चैत्र ४ गतेको फैसलाले हात हतियार खरखजना मुद्दामा ४ बर्ष कैद सजाय तोकेको थियो । तत्पश्चात थिङ फरार रहेका थिए । उनलाई २०७५ चैत २७ गते मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौनाबाट पक्राउ गरी जिल्ला अदालत उपस्थित गराइएको थियो । उनलाई प्रदेश नम्बर ३ प्रदेश प्रहरी कार्यालय र यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो ।
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो