तुलसी मेहरका विद्यार्थी र शिक्षकलाई प्रहरी सुरक्षाबारे जानकारी प्रदान

हेटौँडा, २९ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवीमा अवस्थित तुलसी मेहर मेमोरियल उमाविका विद्यार्थी तथा शिक्षकहरुलाई प्रहरी सुरक्षा सम्बन्धी जानकारी दिइएको छ । बिहीबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा सम्बन्धी जानकारी दिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले करिब ४० जना शिक्षक र विद्यार्थीलाई प्रहरीको दैनिक गतिविधि, काम कारवाहीको विशेषता, सुरक्षित रहने उपाय, ट्राफिक नियम सम्बन्धी जानकारी, प्रहरी र समुदाय बीचको सम्बन्ध र अपराध न्यूनिकरणमा शिक्षक र विद्यार्थीहरूको भूमिका लगायतका विषयहरूमा जानकारी दिएका थिए ।
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो