मकवानपुरमा म्हाणी मोलम पुजा गर्दै बारा र पर्सावासीलाई स्वास्थ्य लाभको कामना

२९ चैत्र २०७५, शुक्रबार ०७:२१

हेटौँडा, २९ चैत । गत चैत १७ गते बारा पर्सामा आएको आँधीहुरीबाट मृत्यु भएको व्यक्तिहरुको सम्झना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार हेटौँडामा बौद्धधर्म विधि अनुसार म्हाणी मोलम पुजापाठ गरिएको छ । नेपाल तामाङ घेदुङ हेटौंडा वडा नम्बर १५ र मकवानपुर मणि मोलम संघको संयुक्त आयोजानमा थुछेम्या म्हाणी मोलम पुजापाठ भएको सञ्चारकर्मी दिलबहादुर लामाले जानकारी दिए ।

आँधीहुरीबाट अकालमा निधन हुनेहरु प्रति मुक्ति प्राप्त होस् भन्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै टाशी छेपाल गुम्बामा पुजापाठ गरिएको छ । पुजापाठ कार्यक्रम नेपाल तामाङ घेदुङ हेटौंडा–१५ का अध्यक्ष दोर्जे लामा र मकवानपुर मणि मोलम संघका संयोजक बिमला वाइवाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय सदस्य सुनिल मोक्तान, मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, टोल विकास समितिका जिल्ला समन्वय सदस्य हर्क लामा, टाशी छेपाल गुम्बाका प्रमुख लामा पञ्चाङ बहादुर लो, कर्साङ लो, अध्यक्ष जय बहादुर तितुङ लगायत लामा, महिला म्हाणीपाहरुको सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*