‘ए मेरो हजुर ३’ को टाईटल गीत यस्तो बन्यो

२९ चैत्र २०७५, शुक्रबार ०६:४८
A Mero Hajur 3 Title Song-Murchunga TV

हेटौँडा, २९ चैत । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ को टाईटल गीत सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलमार्फत बिहीबार सार्वजनिक भएको ‘ए मेरो हजुर’ बोलको गीतलाई सार्वजनिक गरिएको २४ घण्टा नबित्दै २ लाख ९१ हजार पटकभन्दा बढी हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा गीतमा २१ हजार लाईक, करिब १ हजार डिसलाईक र करिब २ हजार ३ सय वटा कमेन्टहरु गरिएका छन् ।

नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाको डेब्यू रहेको चलचित्रको यस अघि नै गीत, टिजर तथा ट्रेलर सार्वजनिक भइसकेको छ । गीतमा अनमोल केसी र सुहाना थापा लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । नेपाल आईडलबाट थप चर्चा कमाएका गायक प्रताप दासको आवाज रहेको गीतलाई प्रतिक पौडेलले लेखेका हुन् । गीतमा प्रतिक पौडेल र पुष्पन प्रधानको संगित र उदयराज पौडेलको संगीत संयोजन छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतका साथमा अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा चेतन गुरुङ,बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलले स्क्रीन प्ले र डाईलग लेखेका छन् । उदयराज पौडेलको एरेन्जमा निर्माण गरिएको गीतहरुमा आशिष अविरल, कल्याण सिंह, कोशिष क्षेत्री, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत छ । हिमाल केसीको द्वन्द समावेश चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी हेर्न सकिन्छ । सैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर समावेश चलचित्रमा सत्यम राना र अच्यूत बजागाईले भिएफएक्स गरेका छन् । चलचित्र चैत्र २९ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ । हेर्नुहोस् गीत–

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*