‘दाल भात तरकारी’ मा धेरै सन्देश थोपरेका छैनौँ’– हरिवंश आचार्य

२८ चैत्र २०७५, बिहीबार २०:३१
Featured Video Play Icon

हेटौँडा, २८ चैत । चर्चित एवम् अग्रज कलाकार हरिवंश आचार्यले आफ्नो नयाँ चलचित्र ‘दाल भात तरकारी’ मा धेरै सन्देश थोपर्ने काम नगरेको बताएका छन् । हेटौँडाको म्यापल लिफमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्रमा एउटै मात्र सन्देश भएको र बाँकी मनोरञ्जन नै प्रमुख उदेश्य भएको बताए ।

‘दाल भात तरकारीमा धेरै सन्देश थोपरेका छैनौँ, नेपालीहरु विभिन्न देशमा नगई देशमै केही गर्न सक्ने वातावरण बनोस्, रोजगारको सृजना गर्न सकियोस भन्ने एउटा मात्र सन्देश हो’, आचार्यले भने–‘ बाँकी सबै कुरा मनारेञ्जनात्मक बनाएका छौँ ।’ चलचित्रका प्रस्तुतकर्ता समेत रहेका कलाकार किरण केसीले उक्त चलचित्र विशुद्ध नेपालको कथा भएको बताए । ‘यो मेड ईन नेपालको कथा हो, छिमेकी राष्ट्र भारतको एक छेउ पनि गन्ध छैन ।’ उनले भने । चलचित्रका ३ गीतहरु कलाकार तथा चलचित्रका निर्देशक हरिवंश आचार्यले लेखेका र आचार्य नै प्रमुख भूमिकामा भएको समेत केसीले बताए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, जयनन्द लामा, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, वर्षा राउत लगायतका अन्य कलाकारहरुको अभिनय रहेको उनले बताए । बैशाख २० गते विश्वभरि रिलिज गर्ने तयारी गरिएको चलचित्रको अन्तराष्ट्रिय राईट्स पनि बेचिसकिएको र गीतहरु पनि निकै नै भाईरल भएको उनले बताए ।
चलचित्रका अर्का कलाकार शिवहरी पौड्यालले चलचित्रका राम्रो र नराम्रो दुबै औँल्याईदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । त्यस्तै चर्चित नायिका आँचल शर्माले चलचित्र टिमले धेरै मेहनत गरेर चलचित्र तयार पारेको बताईन । ‘यसभन्दा अघि पनि हेटौँडाबाट धेरै साथ पाएका थियौँ, अब पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने–‘चलचित्र हेरिदिन सबै दर्शकलाई पत्रकार साथीहरुले आग्रह गरिदिनुहोला, जय हेटौँडा जय दालभात तरकारी ।’ हेरौँ प्रेस मिटको झलक-

चलचित्र पत्रकार संघ मकवानपुरको संयोजनमा भएको पत्रकार सम्मेलनमा हेटौँडेली कलाकारहरुका साथै अन्य कलाकारहरुको समेत उपस्थिति रहेको थियो । चलचित्रको पोष्टर समेत हेटौँडामा सार्वजनिक गरिएको छ । चलचित्र निर्माणका लागि २ करोडभन्दा बढी लगानी भएको निर्माण पक्षले जानकारी दिएको छ । दाल भात तरकारीको भिजिट भिसामा बोलको गीत निकै नै चर्चामा छ । साथै यसको शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । बैशाख २० गतेको लागि रिलिज डेट तोकिएको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिने छ । मह सञ्चारको प्रस्तुतिमा बनेको किरण केसीको ‘दाल भात तरकारी’ मा दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र हरिवंश आचार्यको लेखनमा तयार भएको हो । रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल र यमन श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*