हेटौँडाबाट ६४ किलो गाँजासहित सुमो चालक पक्राउ

२८ चैत्र २०७५, बिहीबार १५:५२
Gaja Pakrau Makawanpur-Murchunga TV

मकवानपुर, २८ चैत । मकवानपुरको हेटौँडा १५ रातोमाटेबाट ६४ केजी लागऔँषध गाँजा सहित एक सुमो चालक पक्राउ परेका छन् । प्रहरीले भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटना बस्ने बर्ष २८ को समिर अहमदलाई पक्राउ गरेको हो । चैत्र २६ गते बिहान करिब ७ बजे पक्राउ परेका अहमदलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको हो ।

चैत्र २६ गते बिहान ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा १५रातोमाटेमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको भारतिय बि.आर. ०४ बि. ९९४१ नम्बरको भारतीय सुमो रोकेर जाँच गर्दा सुमोको छत मुनिको भागमा गाँजा फेला परेको थियो । चारपाटे फलामको पातामा नटले कसी फल्स बटम बनाएर त्यसभित्र रातो प्लाष्टिकमा राखिएको गाँजालाई डोरीले बाँधेर टेप समेत बेरिएको अवस्थामा फेला पारिएको थियो । ३० वटा चारपाटे पोकामा गाँजा फेला परेपछि चालक अहमद र सुमो गाडीलाई नियन्त्रणमा लिई कारवाही अघि सारिएको हो ।

अहमदले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुन सक्ने र सवारी साधन समेत जफत हुनसक्ने बताइएको छ ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*