चलचित्र ‘दाल भात तरकारी’को टोली आज हेटौँडामा

हेटौँडा, २८ चैत । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ को टोली आज हेटौँडामा आउने भएका छन् । चलचित्रको प्रचार प्रसारका क्रममा आज हेटौँडामा अवस्थित म्यापल लिफ क्याफेमा दिउँसो १ बजे चलचित्रको प्रेस मिट राखिएको चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी दिए । पत्रकार सम्मेलनका लागि सबै पत्रकारलाई आमन्त्रण गरिएको छ ।
चलचित्रका निर्देशक एवम् चर्चित कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौड्याल, नायिका आँचल शर्मा, जुनु रिजाल र रामचन्द्र काफ्ले पनि पत्रकार सम्मेलनमा सहभागी हुने संघका सचिव श्रीराम अर्जुनले जानकारी दिए । दाल भात तरकारीको भिजिट भिसामा बोलको गीत निकै नै चर्चामा छ । साथै यसको शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । बैशाख २० गतेको लागि रिलिज डेट तोकिएको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिने भएको छ ।
मह सञ्चारको प्रस्तुतिमा बनेको किरण केसीको ‘दाल भात तरकारी’ मा दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र हरिवंश आचार्यको लेखनमा तयार भएको हो । रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल र यमन श्रेष्ठ चलचित्रका निर्माता हुन् ।
यो पनि हेर्नुहोस्
को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो