मनहरीको सुनाचुरीमा पहिलो दुग्ध उत्पादक सहकारी सँस्थाको उद्घाटन

२७ चैत्र २०७५, बुधबार २०:१८
Manahari First Sahakari-Murchunga TV.jpg

मकवानपुर, २७ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्थाको उद्घाटन भएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बुधबार सहकारीको उद्घाटन गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले दुग्ध उत्पादक सहकारी सस्थाहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिए । पछिल्लो समयमा दुग्ध उत्पादक सहकारी सँस्थाहरु बिचमा अस्वस्थ प्रतिस्पर्धा बढेर गुणस्तरमा कमि आईरहेको उपभोक्ताहरुबाट जनगुनासो आइरहेको भन्दै अध्यक्ष उप्रेतीले गुणस्तरमा ध्यान दिन दुग्ध उत्पादक सहकारी सस्थाहरुलाई आग्रह गरे । किसानले उत्पादन गरेको दुधलाई सहि मुल्यको मुल्याङ्कन गरी दुध खरिद गर्नमा पनि उनले जोड दिए । स्थानिय महिलाहरु घरेलु मदिरा उत्पादनमा लागेका कारण सो कार्यलाई निस्क्रिय पारी दुध उत्पादन गर्न प्रोत्सहान दिनुपर्नेमा उनले जोड दिए ।

महिलाहरुलाई मदिरा उत्पादन गर्नबाट रोक्नकालागि दुग्ध उत्पादक सहकारी र गाउँपालिका बिच समन्वयको आवश्यकता रहेको बताउँदै अध्यक्ष उप्रेतीले गाउँपालिकाले छिट्टै समन्वय गर्ने पनि प्रतिबद्धता जनाए । गाउँपालिकाले केहि दिन अघि मात्र गाउँपालिकालाई मदिरा तथा जुवा तास मुक्त बनाउका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । १ वर्ष अघि दैनिक २७ लिटर दुध संकलन गर्दै आएको सँस्थाले हाल दैनिक ५ सय भन्दा बढी दुध सँकलन गर्दै आईरहेको छ । ४६ जना शेयर सदस्यहरु मार्फत प्रति ब्यक्ति १० हजारको दरले आर्थिक रकम संकलन गरि दुध संकलन केन्द्र निर्माण गरेको सहकारीका अध्यक्ष शिवलाल मुक्तानले जानकारी दिए । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथित्यमा भएको कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष गोपीलाल मुक्तान, सुनाचुरी टोल विकास सँस्थाका अध्यक्ष गोपी तामाङ तथा सहकारीमा आवद्ध शेयर सदस्यहकोउपस्थिति रहेको थियो । उक्त सहकारी सँस्था मनहरी गाउँपालिकामा सबै भन्दा पहिला दर्ता भएको दुग्ध उत्पादक सहकारी सँस्था हो ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*