महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनकार्यक्रम अनुदान कार्यविधि स्विकृत

२७ चैत्र २०७५, बुधबार १९:२१
Pradesh 3-Murchunga TV

हेटौंडा, २७ चैत । ३ नम्बर प्रदेशको बुधबार बसेको मन्त्री परिषद बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ । साथै मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीका कारण पिडीत परिवारको आवास निर्माणका लागि २ नम्बर प्रदेश सरकारलाई रकम पठाउने निर्णय समेत बैठकले गरेको छ । यस अघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो । बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिए । जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताए ।

त्यस्तै ३ नम्बर प्रदेशको बुधबार बसेको मन्त्रिीपरषदको बैठकले प्रेश रजिष्ट्रार समेत नियुक्त गरेको छ । प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी प्रेश रजिष्ट्रार नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासीन्दा रहेका पत्रकार रेवती सापकोटालाई प्रेश रजिष्टार नियुक्त गरिएको हो । सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नाताकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न संचार माध्यममा आवद्ध रहेका छन् ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*