मनहरीको रुञ्चेडाँडामा महायज्ञ बुद्ध बचन पाठ हुँदै

२५ चैत्र २०७५, सोमबार २२:३५
Buddha Mahayagya-Murchunga TV

मकवानपुर, २५ चैत । चैत्र २३ गतेदेखि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुञ्चेडाँडामा सुरु भएको महायज्ञ बुद्ध वचन (भुम) महा प्रज्ञापरामिता पाठ जारी छ । चैत्र २६ गतेसम्म हुने भुममा नेपाल अहिंसाबादी बौद्ध धर्म चक्र संघका धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ को उपस्थिति रहेको छ । हाल धुमधामका साथ पुजापाठ भईरहेको विश्व शान्ति महायज्ञ मूल समारोह समितिका संयोजक फुलमाया थिङले जानकारी दिए ।

समस्त प्राणीको उद्वार,राष्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उदेश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने कार्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत चैत्र २३ गते संक्षिप्त बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ तथा विश्वशान्तिको महायज्ञ कार्यक्रम उद्घाटन गरिएको थियो । त्यस्तै चैत्र २४ गते बुद्ध बचन ग्रन्थपाठ तथा मोन्लम प्रणीधान र चैत्र २५ गते बुद्ध बचन ग्रन्थपाठ संगै साँझ पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) समेत गरिएको थियो ।

चैत्र २६ गते बिहान पुजापाठ संगै विश्व शान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रवचन सहित छेवाङ अभिषेक प्रदान गरिने बताइएको छ । समापन कार्यक्रममा तिन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तालिका रहेको छ । सोही दिन अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रवचन हुने बताइएको छ । समापन कार्यक्रममा अहिंसावादी कला केन्द्रबाट बुद्ध भजनकिर्तन सहित साँस्कृतिक कार्यक्रम हुने पुजा साँस्कृतिक कार्यक्रम संयोजक निमा वाइबा लामाले बताए । महायज्ञ सफल बनाउन ५१ सदस्यीय महायज्ञ मुल समारोह समिति समेत निर्माण गरिएको थियो ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*