स्थानीय तहमा कर्मचारीको अभाव, मकवानपुरगढी दरबारमा बैठक

२५ चैत्र २०७५, सोमबार २२:१८
Makawanpur Gadhi-Murchunga TV

हेटौंडा, २५ चैत । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय समितिको बैठक सोमबार मकवानपुरगढी गाउँपालिकामा बसेको छ । हरेक महिनाको २५ गते बस्ने नियमित बैठकमा जिल्लाका १० वटै स्थानीय तहले एक महिनामा गरेका उपलब्धी एवम् समस्या लगायतका बारेमा एक अर्का बिच अनुभव आदान प्रदान गर्ने उद्श्य राखिएको छ । जिससले हरेक महिना बैठक आयोजना गर्दै आएको छ । यस अघि जिल्ला समन्वय समितिमै बस्ने गरेको नियमित बैठक यो पटक गढी गाउँपालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा बसेको हो ।

बैठकले स्थानीय तह संचालनमा देखिएको समस्या र चुनौति, जिल्लाको समग्र विकासमा साझा धारणा बनाउने, जिससले स्थानीय तहहरुमा गरेका अनुगमनको समिक्षा, मौजदात कोष परिचालन, समन्वय बैठकमा भएका बिगतका निर्णयको समिक्षा तथा स्थानीय तहहरुले संघ,प्रदेश सरकारसंग गरेका अपेक्षालगायतका बिषयमा छलफल गरिनुका साथै मकवानपुर गढी गाउँपालिकासंग मौजदात कोष परिचालन सम्बन्धमा सम्झौता समेत गरिएको छ । स्थानीय तहहरुले विशेषगरि अहिले स्थानीय तहहरुमा कर्मचारी अभावको समस्या रहेको बताएका छन् । उनिहरुले सबै कर्मचारी संघ र प्रदेशमा समायोजन भएकोले स्थानीय तहमा अहिले कर्मचारीको व्यापक अभाव रहेको बताएका छन । कर्मचारी अभावमा सोचे अनुसारको काम गर्न नसकिएको उनीहरुको भनाई रहेको थियो ।

बैठकले स्थानीय तहमा प्रविधिक पदमा कर्मचारी अभाव भए तत्काल करारमा भर्ना गर्ने निर्णय पनि गरेको छ भने कर्मचारी अभावका कारण परेका अप्ठ्यारो बिषयमा तत्काल संघीय मामिला मन्त्रालयमा जानकारी गराउने, आगामि बैठकमा सुचक पठाएर अनुभव आदान प्रदान गर्ने गरि छलफल गर्ने र जिल्लाको दररेटलाई आधार बनाएर स्थानीय दररेट कायम गर्ने तथा बलमैत्री, महिला मैत्री अपाड्डमैत्री कुरालाई समेटेर स्थानीय तहहरुले कार्य गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाको समग्र विकासकालागि साझा धारण बनाएर जाने कुरामा प्रतिबद्धता जनाएका हुन । बैठकमा मवानपुरका १० वटै स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*