मकवानपुरको ऐतिहासिक जीत (भिडियो)

२४ चैत्र २०७५, आईतवार २१:३८
Featured Video Play Icon

हेटौँडा, २४ चैत । हेटौंडामा सम्पन्न भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्ड कपको उपाधी रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले जितेको थियो । केही साता अघि सम्पन्न उक्त फाईनल भिडन्त निकै रोचक बनेको थियो । क्यामरुनी डाफिन्स क्लबलाई मकवानपुरले २–१ गोल अन्तरले जितेको थियो । उक्त खेलमा के के भयो ? हेरौँ भिडियो–

उपाधीसँगै मकवानपुरले ८ लाख रुपैयाँ जितेको थियो । त्यस्तै उपबिजेता डाफिन्सले ४ लाख रुपैयाँमा चित्त बुझाएको थियो । मकवानपुरका तर्फबाट दुबै गोल योगेश गुरुङले पेनाल्टी मार्फत गरेका थिए । विपक्षीले डिबक्समा ह्यान्ड गरेपछि मकवानपुरले पेनाल्टीको अवसर पाएको थियोे । गुरुङले ८ औं र ८१ औं मिनेटमा गोल गरेका थिए । डाफिन्सका तर्फबाट यानिक योवानाले ५औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मकवानपुरका हिसुब थपलिया भए । उनले १० हजार प्राप्त गरेका थिए ।

त्यस्तै प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी मकवानपुरका गोलरक्षक अशोक बराल भएका थिए । उनले ७५ हजार प्राप्त गरे । उत्कृष्ट मिल्डफिल्डर मकवानपुरका योगेश गुरुङ र उत्कृष्ट डिफेन्डर डाफिन्सका ओको बोटा भएका थिए । उत्कृष्ट फर्वार्ड मकवानपुरका रेजिन सुब्बा भएका थिए भने उत्कृष्ट कोच मकवानपुरका बिजयलाल श्रेष्ठ भएका थिए । उनीहरुले २०–२० हजार प्राप्त गरेका थिए । बिजेता तथा उपबिजेताहरुलाई प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगयतका अतिथिहरुले नगद, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*