प्रकाश सपुतको ‘दोहोरी ब्याटल २’ एक नम्बर ट्रेण्डिङमा

२४ चैत्र २०७५, आईतवार २१:०६
Featured Video Play Icon

मकवानपुर, २४ चैत । बहुचर्चित ‘बोल माया’ गीत सार्वजनिक गरेर चर्चाको शिखरमा पुग्न सफल गायक,संगितकार तथा कलाकार प्रकाश सपूतले ‘दोहोरी ब्याटल–२’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरेको २ दिन नबित्दै यो युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ । यसअघि दोहोरी ब्याटलको परम्पराको सुरुवात गर्दै उनले सार्वजनिक गरेको पहिलो दोहोरी ब्याटललाई दर्शकले निकै नै रुचाएपछि उनले दोहोरी ब्याटलको दोस्रो भाग बजारमा ल्याएका हुन् । हेरौँ भिडियो रिपोर्ट–

यसअघिको पहिलो दोहोरी ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा ५६ लाख ६७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् भने उनको बोल माया बोलको गीतलाई सर्वाधिक एक करोड ३ लाख ९४ हजारभन्दा बढी पटक हेरिएको छ । उनका यी गीतहरुजस्तै ‘दोहोरी ब्याटल २’ लाई पनि दर्शकले निकै नै रुचाएका छन् । तर यसमा अलि अपाच्य शब्दहरु पनि भएको श्रोताहरुको गुनासो छ । पहिलो ब्याटलमा जस्तै दोस्रो भागमा पनि चर्चित गायिका प्रिती आलेले प्रकाशसँग दोहोरीमा घम्साघम्सी गरेका छन् ।

यो ब्याटललाई यो सामाग्री तयार पार्दाको समयमा १४ लाख ३६ हजारभन्दा बढी पटक हेरिएको छ भने म्यूजिक भिडियोमा ६७ हजारभन्दा बढी लाईक र ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । गीतमा ६ हजारभन्दा बढी डिसलाईक पनि छ । गीतको म्यूजिक भिडियोमा सुरुवातमा डिभोर्स पार्टी आयोजना गरेका यी दुई जोडीले अन्तिममा प्याच अप पार्टीको आयोजना गर्छन् । जति नै समस्या आएपनि विवाह पवित्र बन्धन हो भन्ने सन्देश यस भिडियोले देखाउने सफल प्रयास गरेको छ । प्रकाश सपुतको शब्द र संगीतमा बनेको गीतमा प्रिती र प्रकाशका साथै अन्य कोरस गायक गायिकाहरुले पनि साथ दिएका छन् । गीतलाई श्यामश्वेत रसाईलीले एरेञ्ज गरेका हुन् । त्यस्तै भिडियोलाई प्रकाश आफैले निर्देशन गरेका छन् । करण चैसिरको सिनेम्याटोग्राफी रहेको म्यूजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । हेरौँ गीतको म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*