क्लासिकको अध्यक्षमा मकवानपुरे सञ्चारकर्मी गणेश दुलाल चयन

२३ चैत्र २०७५, शनिबार १२:३१
Ganesh Dulal-Murchunga TV

हेटौँडा, २३ चैत । मकवानपुरे सञ्चारकर्मी गणेश दुलाल लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको संस्थापक अध्यक्षमा चयन भएका छन् । लायन्स क्लब अफ हेटौंडा सुर्योदय, लायन्स क्लब अफ हेटौंडा सुर्योदय राईजिङ्, लियो क्लब अफ हेटौंडा सुर्योदय र लियो क्लब अफ सुर्योदय राईजिङको वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रमले लायन्स क्लब अफ सुर्योदयले आफ्नो दोस्रो (लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक) को स्थापना गरेको हो ।

क्लासिकको प्रथम उपाध्यक्षमा अस्मिता चौंलागाई, सचिवमा सुजन ढुङ्गाना र कोषाध्यक्षमा मन्जित गौतम चयन भएका छन् । त्यस्तै लायन्स क्लब अफ सुर्योदय वर्ष २०१९–२० को अध्यक्षमा अरुण कुमार बर्तौला सर्वसम्मत चयन भएका छन् भने प्रथम उपाध्यक्षमा किसन घिसिङ, सचिवमा अमृत बर्तौला र कोषाध्यक्षमा सुर्य लुङ्वा चयन भएका छन् । त्यस्तै लायन्स क्लब अफ हेटौंडा सुर्योदय राईजिङको बर्ष २०१९–२० का लागि श्याम कुमार अग्रवाल अध्यक्षमा चयन भएका छन् । प्रथम उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा रेणुका बर्तौला र कोषाध्यक्षमा कपिल स्याङ्तान चयन भएका छन् ।

लियो क्लब अफ हेटौंडा सुर्योदयको बर्ष २०१९–२० का लागि अध्यक्षमा गोकुल लम्साल चयन भएका छन् । प्रथम उपाध्यक्षमा शुभम लम्साल, द्वित्तिय उपाध्यक्षमा पृथ्वी नेपाल र सचिवमा मुकेश कुशवाह चयन भएका छन् । लियो क्लब आफ सुर्योदय राईजिङको बर्ष २०१९–२० का लागि भने पदाधिकारीमा कुनै परिवर्तन गरिएको छैन । कार्यक्रम लायन्स ईन्टरनेशनल जिल्ला ३२५ बि २ का नवनिर्वाचित प्रथम सह–गर्भनर लायन शम्भु नकर्मीको प्रमुख आथित्यतामा भएको हो ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*