
‘हेटौँडामा घर पर्यो’ छायाँकन सुरु

मकवानपुर, २३ चैत । मकवानपुरका विभिन्न विशेष स्थान ओगट्ने शब्द संकलन गरी तयार पारिएको गीतको शुक्रबार छायाँकन गरिएको छ । ‘हेटौँडामा घर पर्यो हाम्रो, मकवानपुर सारै नै छ राम्रो’ बोलको गीतको म्यूजिक भिडियो हेटौँडा ११ स्थित शहिद स्मारकमा छायाँकन गरिएको सञ्चारकर्मी घमराज तिमल्सिनाले जानकारी दिए ।
दोहोरी गीतमा गायक नवराज न्यौपाने र गायिका गितादेवीले सुमधुर आवाज दिएका छन् । नवराज न्यौपाने र शितलराज गिरीको शब्द संकलन तथा राजु श्रेष्ठको संगीत रहेको गीतमा सन्तोष रेग्मीले लय तयार पारेका छन् । म्यूजिक भिडियोको शुभमुर्हुत हेटौँडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले गरेका थिए ।
यो पनि हेर्नुहोस्
स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो