एनएस सिनेमाज हेटौँडामा लभ स्टेसन र क्याप्टेन मार्वल

२२ चैत्र २०७५, शुक्रबार २१:५१
Love-Station-Murchunga-TV

हेटौँडा, २२ चैत । नेपाली कथानक चलचित्र ‘लभ स्टेसन’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ । हेटौँडामा अवस्थित नारायणी मलमा रहेको एनएस सिनेमाजमा पनि यो चलचित्रको प्रदर्शन सुरु गरिएको हलका संचालक नवराज आचार्यले जानकारी दिएका छन् । लभ स्टेसनसँगै अङ्ग्रेजी भाषाको चलचित्र क्याप्टेन मार्वल पनि हलमा प्रदर्शन आरम्भ गरिएको छ ।

निकै चर्चा कमाउन सफल चलचित्र ‘लिलीबिली’ जोडी नायक प्रदिप खड्का र नायिका जस्सिता गुरुङ अभिनित ‘लभ स्टेसन’ ले पनि राम्रो बजार जमाउने अपेक्षा गरिएको छ । चलचित्रको ट्रेलरले माउथ पब्लीसिटी पाएका कारण यो चलचित्रले राम्रो कमाई गर्ने निर्माण पक्षको दाबी छ । चलचित्रमा प्रदिप र जस्सिता सँगै रमेश बुढाथोकी, शिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल ज्वलन्त गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । उज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्रलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविर विक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रलाई सुवाशसिंह बस्न्यातले लेखेका हुन् ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*