मनहरीको नयाँ बस्तीमा ट्रकले ठक्कर दिँदा चितवनकी मुनाको निधन

२२ चैत्र २०७५, शुक्रबार ०६:३५
Accident-Murchunga TV

मकवानपुर, २२ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीम बुधबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मनहरीबाट नारायाणगढतर्फ जाँदै गरेको ना ८ ख १८४२ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेको ना ५९ प ३८०४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरको पछाडि बसेकी भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने मुना गुरुङको घनटास्थलमै मृत्यु भएको हो ।

स्कुटर चालक खैरहनी नगरपालिका ८ बस्ने सरोज चौधरी घाईते भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए । ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*