तामाङ चलचित्र महोत्सवको प्रचार प्रसार तिव्र

२१ चैत्र २०७५, बिहीबार २१:४०

चन्द्र घलान/मकवानपुर, २१ चैत । तेस्रो तामाङ चलचित्र महोत्सवको तयारी र प्रचारप्रसारलाई तिव्र पारिएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यही चैत २९ गतेदेखि बैशाख १ गतेसम्म हुने तेस्रो तामाङ चलचित्र महोत्सवको समय नजिकिएसँगै आयोजक तामाङ चलचित्र संघले प्रचारप्रसार कार्यक्रमलाई तिव्रता दिएको हो । संघका अध्यक्ष बिकु थोकरसहितको कार्यसमितिका साथै अन्य सहयोगीहरु अहिले प्रचार प्रसारका लागि गाउँगाउँमा पुगेका छन् । चलचित्र विकास बोर्डले महोत्सवको सहआयोजकका रुपमा कार्य गरिरहेको छ ।

महोत्सवमा ५ तामाङ चलचित्रहरु प्रदर्शन गरिनुका साथै अन्य विविध कार्यक्रमहरु समेत समावेश गरिएको छ । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरु छनौट गरिसकिएको छ भने महोत्सवको बारेमा ठाउँ–ठाउँमा पोष्टर समेत टाँसिएका छन् । प्रचारमा माईकिङको समेत प्रयोग गरिएका छन् भने अनलाईन न्यूज पोर्टलहरुले समेत यसलाई प्राथमिकतामा राखेर प्रचार प्रसार गरेका छन् ।

महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।

यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*