गाँजा र अन्य लागुऔषधसहित मकवानपुरबाट ३ जना पक्राउ

२१ चैत्र २०७५, बिहीबार १०:१९
Gaja Makawanpur-Murchunga TV

हेटौँडा, २१ चैत । लागु औँषध गाँजा र अन्य लागुपदार्थसहित मकवानपुर प्रहरीले ३ जनालाई मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको छ । २ सय १२ केजी लागू औषध गाँजा र पिकअप गाडीका चालकसहित २ जना र नाईट्रोभेट सहितका लागुऔषध सहित एक जना गरी चैत १९ गते र २० गते गरी दुई दिनमा ३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ११ बस्ने चालक ३६ वर्षका रामजस यादव र सोही स्थानमा बस्ने १९ वर्षका उज्वल गुर्मछाने मगरलाई चैत २० गते गाँजा सहित पक्राउ गरिउको हो ।

उनीहरुका साथबाट लागु औषध गाँजा २१२ किलो र ना ३ च ३७६९ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ । उनीहरुलाई हेटौँडा उपमहागरपालिका वडा नम्बर ३ तिनताप्केबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले अपराध गरेको ठहरिएमा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुनसक्ने प्रहरीले जनाएको छ । चैत २० गते दिउँसो ३ बजेको समयमा विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झा समेतको संयुक्त टोलीले पिकअप गाडीमा खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको हो । पिकअप गाडीको पछाडीको ढालामा त्रीपाल राखी सो त्रिपाल भित्र लुकाएर राखेकोअवस्थामा प्लास्टिकमा बेरिएको चारपाटे आकारमा ३० वटा पोकामा गाँजा फेला पारेको हो ।

त्यस्तै चैत १९ गते चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ को लक्ष बहादुर राईलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनको साथमा लागू औषध नाईट्रोभेट १० लेखेको १२७ ट्याबलेट, डाईजेल्याब १० एम्पुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुल फेला परेको प्रहरीले दाबी गरेको छ । उनलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको हो ।

उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख सम्म जरिवाना तिर्नुपर्ने प्रावधान रहेको प्रहरीले जानकारी दिएको छ । चैत १९ गते राति करिब साढे ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख ९१६५ नम्बरको बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार राईलाई शंकाको आधारमा चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको हो ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*