चकरी र पर्तामा अध्यक्ष खनालको ब्यक्तिगत खर्चमा ४ किलोमिटर मोटर बाटो निर्माण

२१ चैत्र २०७५, बिहीबार ०७:४६

मकवानपुर, २१ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडा वडाध्यक्ष शिव प्रसाद खनालले आफ्नो ब्यक्तिगत खर्चबाट वडाको २ स्थानमा बाटो निर्माण गरेका छन् । अध्यक्ष खनालले गाउँपालिकाको वडा नम्बर १ को चकरीको कृष्ण मन्दिर देखी चकरी भोर्ले टाँडीमा जोड्ने २ किलोमिटर मोटर बाटोको नयाँ ट्रयाक तथा मकरी पर्ता झुल्यानको खोला पुग्ने करिब २ किलोमिटर मोटर बाटोको ट्रयाक निर्माण गरेका गरेका हुन् ।

दुई स्थानको गरि करिब ४ किलोमिटर बाटोको ट्रयाक निर्माणको लागि करिब ६ लाख खर्च भएको वडा अध्यक्ष शिव प्रसाद खनालले जानकारी दिए । उक्त दुई स्थानमा बाटोको नयाँ ट्रयाक खोलेसँगै स्थानियलाई आवागमनका लागि सहज भएको भन्दै स्थानीय खुशी भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी गराएका छन् ।

गाउँको विकास गर्र्न सरकारको मात्र भर पर्नु गलत भएको भन्दै अध्यक्ष खनालले सकेको खण्डमा सबैले आफ्नो गाउँको विकासमा टेवा पुर्यानु पर्ने बताए । आफुले निर्वाचनको समयमा जनता माझ गरेको वाचालाई केही हद सम्म भए पनि पुरा गर्ने कोशिस गरेको उनले बताए । आगामी समयमा पनि विकास निर्माणको कार्यमा ब्यक्तिगत रुपमा सहगयोगको प्रतिबद्धता समेत उनले जनाए ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*