डढेलो लाग्न नदिन पूर्व तयारी गर्दै डिपाड

२१ चैत्र २०७५, बिहीबार ०७:२२
Dipad Samudayik Ban-Murchunga TV

मनहरी, २१ चैत । हिँउदमा डढँेलो जाने उच्च सम्भावना भएकोले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले डढँेलो नियन्त्रण सम्बन्धि विभिन्न कार्यहरु अघि सारेको छ । अग्नि नियन्त्रणका लागि वन समुहको विभिन्न स्थानमा अग्नि रेखा सहित विभिन्न अग्नि नियन्त्रणका पुर्व तयारी तथा अभ्यासहरु सञ्चालन गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिए ।

वन समुहका अध्यक्ष दिपक मुक्तानका अनुसार हाल वन समुहको सम्पुर्ण स्थानमा अग्नि रेखा बनाउने कार्य धमाधम भइरहेको छ । वन हेरालु , वन समुहको पदाधिकारी तथा स्थानिय उपभोक्ताहरुको सक्रियतामा डढँेलो जाने सम्भांवनालाई न्युनिकरणका लागि अग्नि रेखा निर्माण कार्य अगाडी बढाइएको हो । वनलाई संरक्षण गर्नको लागि पुर्व तयारी स्वरुप स्थानिय उपभोक्ताहरुलाई अग्नि नियन्त्रणका लागी आवश्यक सामाग्री सहित तालिम प्रदान गर्ने कार्य पनि भइरहेको छ । वैज्ञानिक वन कार्यक्रम लागु भए यता डिपाड सामुदायिक वन संरक्षणको हिसाबले नेपालकै उत्कृष्ट सामुदायिक वन अन्तर्गत पर्दछ ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*