मनहरी २ मा नेकपाको छलफल

२१ चैत्र २०७५, बिहीबार ०७:१२

हेटौँडा, २१ चैत । नेपाल कम्युष्टि पार्टी (नेकपा) मनहरी गाउँ कमिटीले २ नम्बर वडामा बृहत वडा स्तरिय छलफल कार्यक्रम गरेको छ । पार्टीका मनहरी गाउँ कमिटीका प्रतिनिधी नविन सुवेदीको नेतृत्वमा गएको टोलीले कार्यक्रम सञ्चालन गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिएका छन् ।

केन्द्र स्तरमा माओवादी एमाले विचमा पार्टी एकिकरण भएर नेकपा भइसके पनि जिल्ला र गाउँ स्तरमा भने पार्टी एकिकरण भएको छैन । साविकको दुवै पार्टीका कार्यकर्ता विचमा वैचारिक एकता गराउने उद्धेश्य तथा गाउँ स्तरमा छरिएर रहेका पार्टी कार्यकर्ताहरुलाई एकताको सुत्रमा बाँध्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुले केन्द्रिय स्तरमा पार्टी एककिरण भइसकेता पनि जिल्ला र गाउँ स्तरमा पार्टी एकतामा ढिलाई भएको भन्दै जति सक्दो छिट्टै पार्टी एकिकरण गरि नयाँ राजनितीको सुरुवात गर्नुपर्ने बताए । एकिकरण नभएकै कारण पार्टीका कार्यकर्ताहरुमा केहि निराशापन देखिएको सहभागीहरुले बताए ।

बुधबारको छलफलले २ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई सक्रिय बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । छलफल कार्यक्रम नेकपा मनहरी २ का संयोजकद्वय आदेश रुम्बा र विष्णुलाल स्याङ्तानको संयुक्त सभाध्यक्षतामा भएको थियो भने नेकपा मनहरीका नेता हेमलाल उप्रेती, नविन सुवेदी तथा २ नम्बर वडाका अध्यक्ष बिरबहादुर घलान तथा ८० जना भन्दा नेकपा समर्थित स्थानियहरुको उपस्थिती रहेको थियो ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*