‘फुलैफुलको बगैँचा’मा विनायक तामाङ र जमुना मोक्तान, कलाकार बिकु थोकरद्वारा सार्वजनिक गरिने

१९ चैत्र २०७५, मंगलवार ०८:४८
Fulai Fulko Bagaincha-Murchunga TV 1

हेटौँडा, १९ चैत । नेपाली तथा तामाङ चलचित्रका क्षेत्रमा चर्चामा रहेका नायक विनायक तामाङ र नव कलाकार जमुना मोक्तानको अभिनय रहेको ‘फुलैफुलको बगैँचा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको आतिथ्यतामा यही चैत २० गते म्यूजिक भिडियो सार्वजनिक गरिन थालिएको काठमाडौँबाट सञ्चारकर्मी सरोज गोले तामाङले जानकारी दिएका छन् ।

काली देवी मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण भएको ‘फूलै फूलको बगैंचा’ म्युजिक भिडियोको छायाँकन सकिएपश्चात सम्पादनको अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ । म्यूजिक भिडियोलाई त्रिपुरेश्वरमा रहेको ‘ब्लु स्टार इभेन्ट्स् भेन्यू’ मा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।

Fulai Fulko Bagaincha-Murchunga TV 2

फूलै फूलको बगैंचामा उत्तम थिङ र पुर्णिमा लामाको आवाज रहेको छ । गणेश बाबु विकको शब्द र चर्चित गायक हेमन्त शिशिरको संगीत रहेको छ । यसै गीतमार्फत नव कलाकार जमुना मोक्तानले नायक विनायक तामाङसँग पहिलो पटक स्क्रीन शेयर गर्दै डेब्यू गरेकी हुन् । म्यूजिक भिडियोलाई दिनेश मुस्कानले छायाँकन र सम्पादन गरेका हुन् ।

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*