तामाङ चलचित्र ‘सेम ताबा म्ही’ युट्युबमा रिलिज

१९ चैत्र २०७५, मंगलवार ०८:१६
Tamang Movie Sem Taba Mhi-Murchunga TV

हेटौँडा, १९ चैत । तामाङ समुदायमा चर्चा पाउन सफल तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रमा दुई प्रेमिको जीवनमा आउने उतारचढाव र गाउँमा भएका ठूला भनिने व्यक्तिहरुले निमुखामाथि गरिएको अन्याय र अत्याचारलाई प्रमुख विषय बनाइएको छ ।

सुष्मा थिङ, ऋतुराज पाख्रिन, सौरव लामा, गंगा मोक्तान, दिपशिखा लामा, राजकुमार मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा राजकुमार मोक्तानकै कथा र निर्देशन रहेको छ । सिदार्थ मोक्तान र राजकुमार मोक्तानको निर्माणमा बनेको चलचित्रलाई विक्रम लामाले छायाँकन र सम्पादन गरेका हुन् । चलचित्रमा ऋतुराज पाख्रिनको स्कृप्ट र संवाद रहेको छ । राजु दोङ तामाङको द्वन्द निर्देशनमा बनेको चलचित्रमा दिपक तामाङको कोरियोग्राफी हेर्न सकिन्छ ।

चलचित्रमा प्रयास दोङको ब्याकग्राउण्ड स्कोर सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा इन्दिरा गोले, अमृत लामा, शशीकला मोक्तान, निर्मला घिसिङ, बबिता पाख्रिन र प्रयास दोङले आवाज दिएका छन् । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ५ हजारभन्दा बढी पटक हेरिएको छ । हेरौँ चलचित्र–

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*