नायिका खुशी घिसिङको नयाँ म्यूजिक भिडियो आउँदै

१८ चैत्र २०७५, सोमबार १४:३१
Khushi Ghising-Murchunga TV 1

हेटौँडा, १८ चैत । चर्चित नायिका खुशी घिसिङको नयाँ म्यूजिक भिडियोको सुटिङ सकिएको छ । खुशी यस पटक नवराज लामिछानेको ‘नगरकोटे वन’ बोलको गीतमा देखिन थालेका हुन् । यस अघि चर्चित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मा अभिनय गरेसँगै चर्चामा आएकी खुशीका अन्य नेपाली म्यूजिक भिडियोहरु पनि सार्वजनिक भईसकेका छन् ।

‘नयाँ म्युजिक भिडियोको सुटिङ सकियो, अब केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको छ’, उनले भनिन् । नायिका घिसिङले गीतको धमाधम सम्पादन कार्य भईरहेको बताईन् । उनले गीतको सुटिङ लगत्तै केही तस्बिरहरु समेत सार्वजनिक गरेकी छिन् । नवराज लामिछानेकै शब्दमा तयार भएको गीतको म्युजिक भिडियोमा खुशीसँगै अर्जुन खड्का लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक एवम् निर्देशक हुत्त सञ्जय लामाको निर्देशन तथा रामेश्वर जिरेलको छायाँकनमा भिडियो तयार गरिएको हो ।

Khushi Ghising-Murchunga TV 2

खुशीको अभिनय रहेको चलचित्र सेमरिन मुला माया अहिले चर्चामा छ । साथै उनको अभिनय रहेको म्यूजिक भिडियोहरु हिमालकी छोरी, सुन न मैच्याङ, तिम्रो सम्झनामा लगायतले पनि निकै प्रशंसा पाएका छन् ।

Khushi Ghising-Murchunga TV 3

यो पनि हेर्नुहोस्

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*