मकवानपुरे कलाकारहरुको चलचित्र ‘कल्चर’ हेटौँडामा प्रदर्शन गरिने

१५ चैत्र २०७५, शुक्रबार ०९:२४

मकवानपुर, १५ चैत । मकवानपुरे कलाकारहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र कल्चरको हेटौँडामा प्रदर्शन गरिने भएको छ । यही चैत २९ गते हेटौँडाको एनएस सिनेमाजमा चलचित्र प्रदर्शनको तयारी थालिएको चलचित्रका निर्देशक सानोबाबु मोक्तानले जानकारी दिए । यस अघि मकवानपुरको उत्तरी क्षेत्रमा प्रदर्शन गरिएको चलचित्रलाई दर्शकहरुले रुचाएको मोक्तानले बताए । चैत २९ गते विहान ८ बजे देखि प्रर्दशन हुने चलचित्रको अग्रिम टिकट बुकिङको समेत व्यवस्था गरिएको छ ।

चलचित्रले आत्माहत्याका कारण उत्पन्न हुने समस्याहरुका बारेमा विषयवस्तु केन्द्रित गरेको छ । आत्महत्या किन हुन्छ र आत्महत्याका कारण के के हुन सक्छन् भन्ने विषयलाई उठान गर्दै यसको न्युनिकरणका उपायहरु समेत समेटेर बनाइएको चलचित्र परिवर्तित मनको सम्वाहक कल्चरलाई थाहा नगरपालिकाको भाङखोरिया, कोटथुम्की र हेटौँडाका विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको छ । चलचित्रमा मकवानपुरकै मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनको संगीत सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा मेलिना राई र मकवानपुरकै दिपराज खत्री र मुक्तिनाथ उप्रेतीले स्वर दिएका छन् ।

थाहा कला केन्द्रको पहिलो प्रस्तुति स्वरुप निर्माण भएको चलचित्रलाई दर्शकहरुको सकरात्मक प्रतिक्रिया प्राप्त भएको भन्दै प्रचारप्रसार विभाग प्रमुख रुपक कालिराजले सबैलाई चलचित्र हेर्नको लागि आग्रह गरेका छन् । चलचित्रमा सर्वनाम थिएटरकी कलाकार मिना पुर्णिमा खड्कासहित थाहा नगरपालिकाकै कलाकारहरु बिना मुक्तान, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहेको छ । चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छिन् । श्याम गौतमको छायाँकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकराउण्ड स्कोर रहेको छ ।

यो पनि हेर्नुहोस्

 

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*