तामाङ चलचित्र ‘सेर्कु’ तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिने

१५ चैत्र २०७५, शुक्रबार ०८:४१

मकवानपुर, १५ चैत । तामाङ कथानक चलचित्र ‘सेर्कु’ तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई काभ्रे जिल्लाको भकुण्डेबेसीमा चैत २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म आयोजना हुने तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गर्न थालिएको हो । महोत्सवमा तामाङ कथानक चलचित्र सेर्कु सहित रुङ्सी टिला,आप्लेङला नाम्सा, सेमरिन मुला माया र श्होङ समेत प्रदर्शन गरिने छ ।

चलचित्र ‘सेर्कु’लाई बैशाख १ गते शनिबार बिहान १० बजे प्रदर्शन गरिने भएको हो । तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल भएको थियो । चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेकी हुन् ।

राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।
यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्

 

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*