मकवानपुर फिल्म्स् तामाङ चलचित्र ‘रुङ्सी टिला’ तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिने

१५ चैत्र २०७५, शुक्रबार ०८:२८

मकवानपुर, १५ चैत । ह्याङ्ला मकवापनुर फिल्म्स प्रालिको प्रस्तुति तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई काभ्रे जिल्लाको भकुण्डेबेसीमा चैत २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म आयोजना हुने तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिन थालिएको हो । महोत्सवमा तामाङ कथानक चलचित्र रुङ्सी टिला सहित आप्लेङला नाम्सा, सेमरिन मुला माया,श्होङ र सेर्कु समेत प्रदर्शन गरिने छ ।

चलचित्र ‘रुङ्सी टिला’लाई चैत ३० गते शुक्रबार बिहान ११ बजे प्रदर्शन गरिने भएको हो । तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताएका छन् । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको बताइएको छ ।

हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी सानु लामाले यसै चलचित्रमार्फत नायकका रुपमा डेब्यू गरेका छन् । उनले एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिका निभाएको बताइएको छ । चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्

 

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*