तामाङ चलचित्र ‘आप्लेङला नाम्सा’ तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिने

१४ चैत्र २०७५, बिहीबार १२:१२
Aaplengla Namsa-Murchunga TV 1

मकवानपुर, १४ चैत । तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ । तामाङ परम्परा र रितिथितीमा आधारित चलचित्रलाई काभ्रे जिल्लाको भकुण्डेबेसीमा चैत २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म आयोजना हुने तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिन थालिएको हो । महोत्सवमा तामाङ कथानक चलचित्र आप्लेङला नाम्सा सहित सेमरिन मुला माया, श्होङ,रुङ्सी टिला र सेर्कु समेत प्रदर्शन गरिने छ ।

आप्लेङला नाम्सालाई चैत २९ गते दिउँसो ३ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने छ । परम्परातर्फको यात्राका रुपमा ब्याख्या गरिएको चलचित्रलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् । छेम्बेल ह्योल्मोको निर्माणमा बनेको चलचित्रको कथा लेखन दोर्जे तामाङले गरेका छन् । चन्द्र कुमार दोङको संगितमा तयार भएका गीतहरुमा शशिकला मोक्तान, निर्मला घिसिङ, मिन कुमार दोङ र चन्द्रकुमार दोङको आवाज सुन्न सकिन्छ । राजु किराँतीको द्वन्द निर्देशन रहेको चलचित्रमा चक्र महर्जनको छायाँकन रहेको छ ।

चलचित्रको चु नाम्सा, मायाला धिमनाम सोगे, ताम्बासे ताम्सुर आरब्साम लगायतका गीतहरु चर्चामा छन् । चलचित्रमा प्रेम तामाङ, छेम्बेल ह्याल्मो, बुईसाल लामा, कान्छीमाया ह्योल्मो, बद्रि थिङ, सञ्जु केसी, प्रेम ग्याल्बो ह्योल्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Aaplengla Namsa-Murchunga TV‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।

यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्

 

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*