तामाङ चलचित्र ‘सेमरिन मुला माया’ तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिने

१४ चैत्र २०७५, बिहीबार ११:३९
Semrin Mula Maya-Murchunga TV

मकवानपुर, १४ चैत । चर्चित तामाङ कथानक चलचित्र ‘सेमरिन मुला माया’ तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ । तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्रलाई काभ्रे जिल्लाको भकुण्डेबेसीमा चैत २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म आयोजना हुने तेस्रो तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिन थालिएको चलचित्रका निर्देशक तथा नायक संजय लामाले बताए । महोत्सवमा तामाङ कथानक चलचित्र सेमरिन मुला माया सहित श्होङ, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु समेत प्रदर्शन गरिने छ ।

सेमरिन मुला मायालाई चैत २९ गते दिउँसो साढे १२ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने छ । चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो पश्चात काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन गरिएको थियो । विभिन्न शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् । ‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।
यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो ।

यो पनि हेर्नुहोस्

 

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*