यस्ता छन् तेस्रो तामाङ चलचित्र महोत्सवका विशेषताहरु

१४ चैत्र २०७५, बिहीबार ०८:५४
Tamang Chalachitra Mahotsav Banner-Murchunga TV

हेटौँडा, १४ चैत । तेस्रो तामाङ चलचित्र महोत्सव काभ्रे जिल्लाको भकुण्डेबेसीमा चैत २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म धुमधाम रुपमा आयोजना गर्ने तयारी भईरहेको छ । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले पत्रकार सम्मेलन गर्दै यसको घोषणा समेत गरिसकेका छन् । घोषणा अनुरुप महोत्सव सफल बनाउनका लागि आयोजक टोली कम्मर कसेर लागेको छ ।

केही समयअघि संघका अध्यक्ष थोकरले महोत्सवमा हुने विशेषताहरुका बारेमा समेत सामाजिक सञ्जाल मार्फत पोष्टर शेयर गर्दै जानकारी दिएका छन् । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने भएको छ । युट्युब मार्फत सार्वजनिक नभएका चलचित्रहरुलाई महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।

यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ ।

यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो । ‘पहिचानका लागि संस्कृति, संस्कृतिका लागि चलचित्र’ भन्ने मूल नाराका साथ २ दिन मकवानपुरको हेटौँडामा अवस्थित पल्पसा सभाहलमा दोस्रो तामाङ चलचित्र महोत्सवको आयोजना गरिएको थियो । उक्त महोत्सवमा १४ मिनेट देखि २ घण्टा ३० मिनेट सम्मका ५ वटा चलचित्र देखाईनुको साथै आईफाले निर्माण गरेको ‘पसिनाले सिचिएको भूमि’ नामक बृत्तचित्र समेत देखाइएको थियो । महोत्सवमा दर्शक छनौटको आधारमा एक चलचित्रलाई ‘मानध्वज लामा दर्शक छनौट पुरस्कार’ प्रदान गरिएको थियो । मानध्वज लामा नेपालको पहिलो तामाङ चलचित्र मेन्दोला मायाका निर्माता हुन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*