हेटौँडाकी संगिताको ‘साँझको बेला’ यस्तो बन्यो

१३ चैत्र २०७५, बुधबार २०:४३
Sangeeta Magar-Murchunga TV 1

हेटौँडा, १३ चैत । मकवानपुर जिल्लाबाट कला क्षेत्रमा उदाउँदै गरेकी नवप्रतिभा संगिता आले मगरको ‘साँझको बेला’ कभर गीत सार्वजनिक भएको छ । हेटौँडामा कला क्षेत्रमा सक्रिय ओपेरा ईन्फोटेन्मेन्ट प्रालिले तयार पारेको भिडियोलाई प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

धन पाख्रिनको परिकल्पना तथा विक्रम लुङ्वाको निर्देशन तथा छायाँकनमा तयार भएको भिडियोलाई विक्रम आफैले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा संगिता आफैले अभिनय समेत गरेका छन् । हेरौँ भिडियो–

‘साँझको बेला’ मा ओरिजिनिल आवाज तृष्णा गुरुङको रहेको छ । तृष्णा र हरकुल्स बस्नेतको शब्द तथा संगितमा तयार भएको गीतमा याङ्जीन लामा र प्रविन लिम्बुले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई बिजु कर्माचार्यले निर्देशन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा ओरिजिनल गीतलाई ६४ लाख ९५ हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा ३५ हजारभन्दा बढी लाईक करिब १ हजार ६ सय वटा कमेन्टहरु गरिएका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*